काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन्।
उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङका अनुसार शुक्रबारको घटनाबारे अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। मिश्रले घाइतेलाई भेटेर फर्कने क्रममा पक्राउ परेको बताए।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार

