२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

पूर्वराजा ज्ञानेन्द्रमाथि हिंसात्मक घटनामा संलग्नताको अनुसन्धान सुरु, फेसबुक पेजमापनि प्रहरी छिर्यो

काठमाडौं । सरकारले शुक्रबार काठमाडौंमा भएको आगजनी, लुटपाट र हिंसामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता पुष्टि गर्न अनुसन्धान अघि बढाएको छ। पासपोर्ट रद्द गर्ने प्रक्रिया समेत अघि बढाइएको छ।

सुरक्षा निकायले पूर्वराजासँग दुर्गा प्रसाईलगायतको सम्पर्क र घटनाको योजनाबारे अनुसन्धान गरिरहेको छ। साथै, राजावादी आन्दोलन उक्साउने सामग्री प्रवाह गर्ने लाखौं फलोअर्स भएका केही फेसबुक पेज र डिजिटल मिडिया पनि अनुसन्धानको दायरामा तानिएका छन्। सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने नियोजित प्रयास भएको प्रहरीले केही प्रमाणहरुपनि फेला पारेको छ ।

त्यस्ता पेज र मिडियालाई अनुशन्धान थालिसकेको प्रहरीले खुलाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस