काठमाडौं । शनिबार प्रहरीले दुर्गा प्रसाईंका गुरु पुष्कर खतिवडालाई ट्याक्सी बुक गरी भाग्ने क्रममा इमाडोलमा पक्राउ गरेको छ। सुरुमा मोटरसाइकल प्रयोग गरी घरबाट निस्किएका उनले बीच बाटोमा ट्याक्सी चढेर उम्किन खोजेका थिए।
यसअघि, फरार दुर्गा प्रसाईं पनि खतिवडाको घर पुगेको खुलेको छ। प्रहरी उनको खोजी तीव्र पार्दै छ। यस्तै, शुक्रबार राति राजावादी प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा राप्रपा नेता रविन्द्र मिश्र, धवलशमशेर जबरा, स्वागत नेपालसहित दर्जनौं व्यक्ति पक्राउ परिसकेका छन्।
प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार

