२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

राजावादीको प्रर्दशनमा पेस्तोल देखाउने व्यक्तिहरु बारे खुल्यो

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादी प्रदर्शनका दौरान पेस्तोल देखाउने व्यक्ति लागुऔषध नियन्त्रण ब्युरोका असई भएको पुष्टि भएको छ। ब्युरोका प्रवक्ता एसपी नारायण अधिकारीका अनुसार, सादा पोसाकमा खटिएका प्रहरी अधिकारीले गाडी जलाउने क्रममा पेस्तोल देखाएका थिए, तर गोली चलेन।

सामाजिक सञ्जालमा उक्त घटना भाइरल भएको थियो। प्रहरी वा माओवादीका पूर्व लडाकुले घुसपैठ गरेको आँकलन समेत गरिएको थियो । तर उनीहरुले पेस्तोल देखाएर प्रहरीको ब्युरो बचाएका थिए । गाडी जलाएर प्रर्दशनकारी व्यूरोको भवन जलाउन गएका थिए ।

 

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस