तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले नेपाली सेनाका पूर्वक्याप्टेन मुनीन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ। राजावादी रोयल टास्क फोर्सका कमान्डर राजभण्डारीलाई प्रहरीको विशेष टोलीले बालाजुबाट गिरफ्तार गरेको एक अधिकारीले बताए।
दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको प्रदर्शनमा पत्रकारसहित २ जनाको मृत्यु र करोडौंको क्षति भएको थियो। फरार प्रसाईंलाई प्रहरीले खोजिरहेको छ। राजभण्डारी यसअघि पनि प्रसाईंका अराजक गतिविधिमा संलग्न थिए र गत वर्ष बल्खु प्रदर्शनमा पक्राउ परेका थिए।
प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार

