काठमाडौं। काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनको तोडफोड र फोहोरको क्षतिपूर्तिवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ। दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भएको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरी घेरा तोडेर निजी घर, सुपरमार्केट, सञ्चार गृह, जडिबुटी प्रशोधन केन्द्र र सरकारी गाडीमा आगजनी गरेका थिए। महानगरको दमकलमाथि ढुंगा प्रहार भएको थियो।
शनिबार महानगर टोलीले तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा क्षति विवरण संकलन गरी ८ शीर्षकमा ७ लाख ९३ हजार जरिवाना तोकेको छ। एउटा शीर्षकमा १ लाख ३० हजार, ६ शीर्षकमा १-१ लाख र एउटा शीर्षकमा ६३ हजारको बिल निर्मल निवासमा पठाइएको छ। ८ नगर प्रहरीले छुट्टाछुट्टै पत्र काटेका छन्। प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो।
प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार

