२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

राजावादी प्रदर्शन : थप दुई पक्राउ

काठमाडौं । शुक्रबारको राजावादी प्रदर्शनलाई उग्र बनाउन भूमिका खेलेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बालुवाटार क्षेत्रबाट सन्तोष राजावादी र पशुपति खड्कालाई पक्राउ गरिएको छ।

यसअघि आन्दोलनका जन-कमाण्डर भनिएका दुर्गा प्रसाईंका सहयोगी तथा रोयल टाक्स फोर्स (आरटीएफ) का संयोजक मुनिन्द्रराज भण्डारी पक्राउ परिसकेका थिए।

हिजो राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा, राजावादी नेता स्वागत नेपाल लगायका पक्राउ परेका थिए । हालसम्म यो प्रकरणमा १११ जना पक्राउ परिसकेको प्रहरीको भनाइ छ।

शुक्रबारको घटनामा दुई जनाको मृत्यु र २२ जना घाइते भएका थिए।

 

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस