२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

संसद्‌मा राजेन्द्र लिङ्देनले छाती पिट्दै ‘सके जेल हाल’ भन्नुअघि के भएको थियो ?

काठमाडौं । आइतबार गत शुक्रबार राजावादी समूहको आन्दोलनले उग्ररूप लिँदा दुई जनाको मृत्यु भएको र कयौं घाइते भएका घटनाले संसद्मा हंगामा भएको छ। आजको संसद् बैठकमा राजावादी पहिचानलाई लिएर सत्तापक्ष र राप्रपा सांसदहरूबीच तीव्र वादविवाद भएको हो ।

बैठक सुरु हुनुअघि नै सत्तापक्षका सांसदहरूले ‘राजावादीलाई निषेध गर्नुपर्छ, कारबाही हुनुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि राप्रपा सांसदहरू आक्रामक बने।

राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले संसद्मै उभिएर ‘हो, हामी राजावादी हौं, कसले हाल्छ जेल?’ भन्दै चुनौती दिए। उनले सामाजिक सञ्जालमा पनि लेखे, ‘सत्तापक्षले राजावादीलाई थुन्नुपर्छ भनेपछि छाति ठोकेर भनियो–राजावादी यहाँ छ, सके जेल हाल!

यसपछि राप्रपाका सांसदहरू ज्ञानेन्द्रबहादुर शाही, रोशन कार्की लगायतले सत्तापक्षको भनाइको विरोध गर्दै आक्रामक रूपमा प्रस्तुत भए।

स्थिति असामान्य बन्न थालेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस