काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ।
अधिकारकर्मी टिकाराम भुसालले यौनिक र अल्पसंख्यक समुदायलाई लक्षित गर्दै भ्रामक र झुटो विवरण प्रस्तुत गरेको आरोप लगाउँदै उजुरी दिएका हुन्।
यसअघि सुनिलबाबु पन्तले पनि प्रसाईंविरुद्ध यस्तै उजुरी दिएका थिए, जसमा प्रसाईंले यौनिक र अल्पसंख्यक समुदायप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोप गरिएको थियो।
प्रसाईंकै कमान्डमा भएको राजावादी प्रदर्शनमा तोडफोड र आगजनीका कारण दुई जनाको मृत्यु भए पछि प्रसाईं फरार छन्।
प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार

