२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

गणतन्त्र पक्षधरको बैठकमा छैनन् प्रचण्ड र नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधर दलहरूको बैठकमा नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत साजवादीका अध्यक्ष माधव कुमार नेपाल अनुपस्थित रहेका छन्।

सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष पम्फा भुसाल उपस्थित रहेका छन्। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पाटीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसी, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राइ, र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई लगायत अन्य नेताहरू उपस्थित छन्।

बैठकमा समसामयिक राजनीति, राजावादी समूहको हिंसात्मक प्रदर्शन, र संसदमा जारी अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस