२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

दुर्गा प्रसाईंसहित १० जनालाई विदेश यात्रामा प्रतिबन्ध

Durga Prasai

काठमाडौं । गृहमन्त्रालयले राजावादीहरूको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाई, राप्रपाका नेता धवल शमशेर राणा र रविन्द्र मिश्रसहित १० जनाको विदेश यात्रा प्रतिबन्ध लगाएको छ।

शुक्रबार तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले राणा र मिश्रलाई पक्राउ गरेको छ। अदालतले उनीहरूमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ। प्रसाई भने फरार छन्।

हिंसात्मक प्रदर्शनमा परी पत्रकार सुरेश रजकसहित दुईजनाको मृत्यु भएको छ। आन्दोलनकारीले सञ्चारगृह, निजी सम्पत्ति र व्यवसायहरूमा आगजनी तथा लुटपाट गरेपछि तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस