२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तोरीबारीका पुरुष पक्राउ

काठमाडौं । इलामको चुलाचुली गाउँपालिका–६ तोरीबारीका ५१ वर्षीय हेम बहादुर विश्वकर्मालाई आइतबार बिहान ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

उजुरीको आधारमा हेम बहादुरले बालिकालाई डरत्रास देखाएर जबरजस्ती करणी गरेको बताइएको छ। प्रहरी चौकी पेल्टिमारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान गर्दै छ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस