२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

एसईईमा विज्ञान विषयको परीक्षा बिग्रियो, बझाङमा घरको कोठामै झुण्डिएर मृत्यु !

www.janaboli.com;

१३ चैत्र , काठमाण्डौँ । बझाङमा माध्यमिक शिक्षा परीक्षा एसईई दिएर घर फर्केकी एक किशोरीले आत्महत्या गरेकी छन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षा मल्लले मंगलबार बेलुका आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार मल्ल मंगलबार अनिर्वाय विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन् ।
डीएसपी भण्डारीका अनुसार प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । परीक्षा बिग्रेका कारण मल्लले आत्महत्या रोजेको हुनसक्ने प्रहरीको अनुमान छ । केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनी अध्यनरत थिइन् । उनका बुबा उक्त विद्यालयका शिक्षक समेत हुन् भने उनी लेखक संघ बझाङका अध्यक्ष पनि हुन् ।

 

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस