काठमाडौं। सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा रञ्जीत यादव निर्वाचित भएका छन्। यादवले ३९३ मत प्राप्त गर्दै समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवारको रुपमा विजयी भएका हुन्।
उनीले स्वतन्त्र उम्मेदवार विनय यादवलाई ६१ मतान्तरले पराजित गर्दै सभापति पद जितेका छन्। विनय यादवले ३३२ मत प्राप्त गरे भने अनेरास्ववियुका मनिषा कुमारी साहले ३३१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे।
सचिव पदमा समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारीका गठबन्धनका मुकेशकुमार साह ३९५ मत प्राप्त गरी विजयी भएका छन्। कोषाध्यक्षमा कञ्चन कुमारी ठाकुरले ४१० मत प्राप्त गरेर निर्वाचित भएकी छन्।
मंगलबार भएको निर्वाचनमा कुल २,७३१ मतमध्ये १,२७२ मत खसेको थियो।
प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार

