२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

आज रातिबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

१९ चैैत्र , काठमाडौँ । संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने सरकारले निर्णय गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले चैत १९ गते मंगलबार राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

संविधानको धारा ९३ अनुसार संसद् अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ। सरकारले ल्याएका ५ वटा अध्यादेश दुवै सदनबाट पारित भएपछि संसदको अधिवेशन नै अन्त्य गरेको हो । राष्ट्रपति पौडेलले सोमबार पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस