२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूचीहरु

१९ चैत्र, मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले १९ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका छन् ।

उक्त बैठकमा संसद्मा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको सातौँ बैठक आह्वान गरिएको उनले बताए । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेस गरी पारित गर्नुपर्ने भएकाले संसद् बैठक आह्वान गरिएको उनले बताए ।

यसअघि प्रदेशसभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत माघ २३ मा २, २४ मा एक र २६ मा २ वटा बैठकहरू सञ्चालन भएका थिए । सो पश्चात् अनिश्चितकालका लागि स्थगित भएको बैठक २ महिना पछि आह्वान गरिएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस