२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेप्सेमा सीईओमा चापागाईँ नियुक्त, राजस्व सचिव घिमिरेबाट बुुझे नियुक्ति पत्र

१९ चैत्र, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सीईओ चुडामणि चापागाईँले नियुक्ति पत्र बुझेका छन् ।
नवनियुक्त सीईओ चापागाँईलाई राजस्व सचिव दिनेशकुमार घिमिरेले नियुक्ति पत्र प्रदान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

गत साता नै नेप्सेको सीईओमा नादर कुमार लुुईटेल नियुक्त भएको भनिएको थियो । उक्त निर्णयलाई उल्ट्याउँदै सरकारले सीईओमा चापागाईँलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस