काठमाडौं । सरकारले म्यानमारमा गत चैत १५ गते गएको भूकम्प प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले म्यानमार सरकारमार्फत राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार नेपाल सरकारका विभिन्न निकायसँग रहेका मौज्दात सामग्री तथा निजी क्षेत्रबाट प्राप्त मेडिकल उपकरण, औषधि लगायतका राहत सामग्री म्यानमार पठाइनेछ। अर्थ मन्त्रालयले सोबापत आवश्यक निकासा दिनेछ भने सामान ढुवानीका लागि वायुसेवा निगमलाई रकम उपलब्ध गराइने छ।
यसैगरी, घाइतेहरूको उपचारका लागि नेपाली सेनाको चिकित्सक टोली सेनाकै जहाजमार्फत म्यानमार पठाइने निर्णय भएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार

