२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

१५ गतेको घटनामा असफल गृहमन्त्री, राजीनामा मागियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन्।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चैत १५ गतेको प्रदर्शनमा प्रशासनले आवश्यक कदम नचालेको र सरकारले लापरवाही गर्दा दुईजनाको ज्यान गएको बताइन्।

गौतमले गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै मार्ग प्रशस्त गर्नुपर्ने बताइन्। प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको घटनामा सरकारको भनाइ र भिडियोको वास्तविकता फरक रहेको उनले उल्लेख गरिन्। आगजनी भइरहेको बेलामा प्रहरी प्रशासन समयमै उपस्थित नभएको भन्दै उनले आलोचना गरिन्।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस