२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

चार नयाँ सार्वजनिक बिदा थप्ने प्रदेश सरकारको निर्णय

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी वर्ष २०८२ सालको क्यालेन्डरमा चार सार्वजनिक बिदा समावेश गर्ने निर्णय गरेको छ। सोमबार बसेको बागमती सरकार मन्त्रिपरिषदको बैठकले यसअघि मन्त्रिपरिषदबाट निर्णय गरिएका सार्वजनिक बिदाहरूलाई क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएअनुसार, बैठकले फागुनको तेस्रो शनिबार माझी समुदायको लदी पर्व, सोनाम ल्होसार (भदौ २२), प्रदेश सरकारको सरकारी कामकाजी भाषा दिवस (वैशाख २४), र गाईजात्रा (साउन २५) लाई सार्वजनिक बिदाका रूपमा क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस