२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

कम्युनिस्ट-कांग्रेसका महा-गठबन्धन हराएर चुनाव जितेका दिपक छोरी गुमाएको ४७ दिनमा सधैँका लागि अस्ताए

रुपन्देही । राप्रपाका वरिष्ठ नेता र प्रतिनिधिसभा सदस्य दिपक बोहरा को मंगलबार निधन भएको छ। छोरी चाँदनी जेनी बोहरा को हृदयघातबाट निधन भएको ४७ दिनमा दिपक को निधन भएको हो।

दिपक बोहरा रुपन्देही–३ बाट सांसद चुनिएका थिए । चुनाव प्रचारको क्रममा घाँटीमा गम्भीर स्वास्थ्य समस्या थियो। चुनावी प्रचारमा भ्वाइस रेस्ट राख्दै उनले इसाराले भोट मागेर चुनाव जितेका थिए । कम्युनिस्ट-कांग्रेसका महा-गठबन्धनलाई हराउँदै प्रत्यक्ष चुनावमा नै उनले जित हासिल गरेका थिए ।

उनकी छोरी चाँदनी जेनीले अमेरिकन नागरिकसँग विवाह गरेकी थिइन् । उनको ४७ दिनअघि मात्र हृदयघातबाट निधन भएको थियो। दिपक बोहराको निधनले परिवार र राप्रपालाई ठूलो धक्का पुगेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस