काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो पदार्थ ४ ग्राम ४५० मिलिग्रामसहित कैलालीको जानकी गाउँपालिका-४ घर भएका २७ वर्षीय टंक प्रसाद जैशी पक्राउ परेका छन्।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले मङ्गलबार दिउँसो काठमाडौं कीर्तिपुर बस्ने जैशीलाई बा.प्र.०२-०४४ प ६८७७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो। उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार

