२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

रोजगारीका लागि बिदेसिनेमा ३९ प्रतिशत निरक्षर, सुदूरपश्चिमबाट सबैभन्दा बढी !

२१ चैत्र, काठमाण्डौँ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार नेपाल छाडेर बिदेसिनेमध्ये ३९ प्रतिशत निरक्षर छन् । २०७८ सालको जनगणनासँग सम्बन्धित ‘नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइ’ प्रतिवेदनको ‘अनुपस्थित र शैक्षिक अवस्था’ शीर्षकमा समग्रमा बिदेसिएका ३९ प्रतिशत नेपाली निरक्षर रहेको उल्लेख छ ।

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछानेले प्रतिवेदनलाई उद्धृत गर्दै विदेश जाँदाको समयमा लगभग ३९ प्रतिश व्यक्ति साक्षर नभएको देखिएको बताए । जनगणनाको समयमा विदेश अनुपस्थित व्यक्तिहरूमध्ये निरक्षर हुने सर्वाधिक सुदूरपश्चिम ५१.१ प्रतिशत र दोस्रो स्थानमा कर्णााली ४६.४ प्रतिशत प्रदेश रहेको देखिएको उनले बताए ।

लामिछानेका अनुसार उच्च साक्षरताका आधारमा हेर्दा अनुपस्थितमध्ये बागमतीका ७३.६ प्रतिशत र कोसी प्रदेशका ६९.६ प्रतिशत छन् । हिमाली क्षेत्रका करिब ५१ प्रतिशत विदेश अनुपस्थित व्यक्ति निरक्षर रहेका थिए । विदेश अनुपस्थितमध्ये लगभग ४५ प्रतिशतले माध्यमिक शिक्षा पूरा गरेका थिए भने ४१.२ प्रतिशतले आभारभूत शिक्षा मात्र पूरा गरेका थिए। स्नातक तह पूरा गरेर विदेश अनुपस्थित हुनेको हिस्सा सर्वाधिक १४.४ प्रतिशत बागमती प्रदेशमा रहेको थियो ।

बिदेसिने निरक्षरमध्ये पनि सुदूरपश्चिमबाटै बढी छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस