२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

त्रिचन्द्रको स्ववियु अध्यक्षमा सबै दलको एक गठबन्धन भत्काउँदै नेविसंघका गोविन्द कोइराला निर्वाचित

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन । अध्यक्षमा निर्वाचित कोइरालाले १२१५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार बनेका सागर न्यौपानेले ६८३ मत पाउँदा नेकपा एमाले निकट विद्यार्थी संंगठन अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार प्रमित विष्टले ४३१ मत पाए ।

नवनिर्वाचित समितिमा सचिव र कोषाध्यक्ष समेत नेविसंघले जितेको छ । सचिवमा आशिष गिरीले ८५६ मत प्राप्त गरे भने कोषाध्यक्षमा दुष्यन्त गौतमले ८८३ मत पाएर निर्वाचित भए । त्रिचन्द्रमा १६ वर्षपछि स्ववियु निर्वाचन भएको हो । नेविसंघ विरुद्ध अन्य पाँच विद्यार्थी संगठनले चुनावी गठबन्धन गरेका थिए । त्रिचन्द्रमा निर्वाचित हुने नेविसंघको प्यानल पार्टी महामन्त्री गगन थापा निकट हुन् ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस