काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट बुधबार दिउँसो अपहरणमा परेकी ७ वर्षीया बालिकाको बिहीबार प्रहरीको खोजीमा सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार, बालिका आफ्नै घरबाट अपहरणमा परेपछि प्रहरी टोलीले खोजी सुरु गरेको थियो। बिहीबार दिउँसो सप्तकोशी नदीको ५६ नम्बर ढोकाबाट आरोपी ३१ वर्षीय जितेन्द्र साहलाई पक्राउ गरेर बालिकालाई उद्धार गरिएको हो।
बालिकालाई अपहरण गरी भारत पुर्याएको आशंका गर्दै प्रहरी भारतीय प्रहरीसँग समन्वय गरि खोजी गरिरहेको थियो। सीसी क्यामेरा फुटेजमा शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले साहलाई पक्राउ गरेर बालिकालाई उद्धार गरेको हो।
अहिले आरोपीसँग थप सोधपुछ भइरहेको छ।
प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार

