२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

कुकुरको टोकाइबाट कृष्णबहादुरको दर्दनाक मृत्यु

काठमाडौं । मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा कुकुरको टोकाइबाट ६२ वर्षीय कृष्णबहादुर मगरको मृत्यु भएको छ।

बिहीबार बिहान ९ बजे कुकुरले मगरको दायाँ खुट्टाको पिँडुलामा टोक्दा उनी सडकमा ढलेका थिए। स्थानियहरूले उनलाई उपचारका लागि नगर अस्पताल बेलबारी ल्याए, तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको कोशी अस्पताल पठाइएको थियो।

कोशी अस्पताल ल्याउँदा चिकित्सकले मगरलाई मृत घोषित गरेका थिए। चिकित्सकका अनुसार कुकुरको टोकाइबाट अत्यधिक रक्तश्राव भएको कारण उनको मृत्यु भएको हो।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस