काठमाडौं । शुक्रबार सुनको मूल्यमा भारी गिरावट देखिएको छ। यसअघि एक लाख ८० हजार ३०० रुपैयाँ पुगेर रेर्कड बनाएको सुन आज घटेर एक लाख ७६ हजार चार सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी पनि तोलामा एक हजार ८७० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी एक हजार ९९५ रुपैयाँ पुगेको थियो।
प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार

