२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

काठमाडौँ महानगरमा अब कुकुर/बिरालो पाल्न पनि वडाको सिफारिस चाहिने

२३ चैत्र, काठमाडौँ । काठमाडौं महानगरपालिकाले वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्न अनुरोध गरेको छ ।
महानगरपालिकाले एक सूचनामार्फत भनेको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’

साथै, काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नुरगराउन समेत सूचनामार्फत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस