काठमाडौं । अछामको साँफेबगर नगरपालिका-५ नवाठानामा ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ।
चैते दसैंका अवसरमा खसीको मासु अड्किएर बेहोस भएपछि उनलाई बयालपाटा अस्पतालमा उपचारका लागि ल्याइएको थियो। अस्पतालमा उपचारका क्रममा १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा टोली खटाइएको डीएसपी भण्डारीले जानकारी दिए।
प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार

