काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका-५ स्थित आदेश्वर मन्दिरमा पिसाब छर्केको आरोपमा ६१ वर्षीया मिठु तिवारी गर्तौलालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भूका अनुसार गत पुस २६ गते महिलाले मन्दिरमा पिसाब छर्केको थियो। त्यसपछि फागुन २१ गते पनि उनले सोही मन्दिरमा पिसाब छर्केको पुष्टि भएको थियो।
गर्तौलाले अन्य मन्दिरहरूमा पनि फोहोर कार्य गरेको पाइएको छ। घटनाको अनुसन्धान गर्दा सिसिटिभी फुटेजको आधारमा उनलाई चैत २१ गते पक्राउ गरिएको हो।
उनीमाथि ‘धर्म सम्बन्धी कसुर’मा मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको थप अनुसन्धान गरिएको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानमा उनले २०७६ सालमा हिन्दु धर्म परिवर्तन गरी क्रिस्चियन धर्म अपनाएको खुल्न आएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार

