२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

चितवनबाट गर्जिए रास्वपा उपसभापति वाग्ले : रवि पक्राउदेखि तीनकुने घटना अन्तर्राष्ट्रियकरण गर्ने

swarnim wagle

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बनको मुद्दा अन्तर्राष्ट्रिय फोरममा पुर्याउने बताएका छन्।

शनिबार चितवनमा रास्वपाले शुभारम्भ गरेको जनयात्रालाई सम्बोधन गर्दै वाग्लेले लामिछानेको सांसद पद बदनीयतपूर्ण ढंगले निलम्बन गरिएको भन्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने बताए। उनले यस मुद्दालाई जेनेभामा रहेको इन्टर पार्लियामेन्ट्री युनियन (आइपियु) लगायतका फोरमहरूमा पुर्याउने कुरा पनि उल्लेख गरे।

वाग्लेले तीनकुने घटनालाई पनि अन्तर्राष्ट्रियकरण गर्ने योजना रहेको बताए। उनले थपे, ‘सरकारले छानबिन नगरे पनि हामी तिनीहरूको मुद्दालाई ब्ल्याकलिस्ट गर्ने गरी अन्तर्राष्ट्रिय फोरममा उठाउनेछौं।’

यसका साथै, वाइडबडी भ्रष्टाचार प्रकरणलाई अमेरिकी अदालतमा मुद्दा हालेर सार्वजनिक गर्ने कुरा पनि वाग्लेले उल्लेख गरे। उनले सरकारको अन्तर्राष्ट्रिय हैसियत कम रहेको भन्दै, ‘हेप्न र पेल्न सकिन्छ, तर अहिलेको सरकारको अन्तर्राष्ट्रिय हैसियत छैन,’ भने।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस