काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मोरङको लेटाङ नगरपालिका–२ का ३५ वर्षीय अनिल राईलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लेटाङमा पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार बिहान खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको जनाएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार

