२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

काठमाडौं रानीवनमा प्रहरीको छापा, लाखौं नगदसहित ९ जना रंगेहात पक्राउ

काठमाडौं । नागार्जुन नगरपालिका–१ रानीवनस्थित देवबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।

शनिबार बेलुकी प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई १ लाख ५७ हजार ८ सय रुपैयाँ नगद र ३ बुक ताससहित नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस