काठमाडौँ । हालसालै सुनको भाउले विश्व बजारमा कीर्तिमानी उचाइ छोएको छ। नेपालमा २१ चैतमा प्रतितोला भाउ १ लाख ८० हजार नाघेको थियो। तर, अमेरिकी विश्लेषकहरूले अब सुनको मूल्यमा करिब ३८–४० प्रतिशत गिरावट आउन सक्ने प्रक्षेपण गरेका छन्।
गिरावटका कारणहरू:
– आपूर्तिमा वृद्धि
– मागमा कमी
– बजार संतृप्ति
– केन्द्रीय बैंकहरूको खरिद सुस्ताउने योजना
विशेषज्ञहरूका अनुसार, यदि अनुमान सही भयो भने नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला १ लाखको आसपास झर्न सक्ने सम्भावना छ। तर, केही अन्तर्राष्ट्रिय बैंकहरूले भने सुनको मूल्य अझै बढ्न सक्ने भविष्यवाणी गरेका छन् । जसले बजारमा अनिश्चितता कायम राखेको छ।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार

