२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौँ सिनामंगलबाट ११ लाख बढीको धनमाल चोरी

काठमाडौं । काठमाडौँको सिनामंगल स्थित टिम्बर ग्रुप अफ इण्डष्ट्रीको कार्यालयबाट आइतबार राति ११ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

प्रहरीका अनुसार चोरीमा तीनवटा ल्यापटप, तीनवटा मोबाइल, ४ लाख ६० हजार रुपैयाँ नगद र अन्य सरसामान समावेश छन्।

प्रहरीले चोरीमा संलग्न भएका फरार व्यक्तिहरूको खोजी गर्दै अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस