२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

ढाँटबाट २ जना रंगेहात पक्राउ

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट सोमबार दिउँसो २ ग्राम ६ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २ जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा बेलाबारी नगरपालिका-८ का २८ वर्षीय मिलन थापा र ३९ वर्षीय केशर कुमार मगर रहेका छन्। उनीहरू भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

यस घटनामा प्रहरी अनुसन्धान जारी रहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस