काठमाडौं । संखुवासभामा १६ वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको अभियोगमा खाँदबारी नगरपालिका-८ का २५ वर्षीय नवराज कट्टेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। उजुरीको आधारमा पक्राउ गरिएको कट्टेलसँग प्रहरीले अनुसन्धान जारी राखेको छ।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-२ कृष्णनगरमा १३ वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय शिवम साहलाई आइतबार राति पक्राउ गरिएको छ। यस घटनाबारे पनि प्रहरीले आवश्यक अनुसन्धान गर्दैछ।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार

