काठमाडौं । झापाको किचकबध क्षेत्रमा २२ सय वर्ष पुराना संरचनाहरू र मन्दिरको भग्नावशेष फेला परेका छन्। पुरातत्त्व विभागको टोलीले संरचना शुंग–कुषाणकाल र किराँत शासनकालको भएको पुष्टि गरेको छ।
उत्खननमा महत्त्वपूर्ण वस्तुहरू जस्तै ढुंगाका भाँडाकुँडा, माटाका मूर्ति र भाला फेला परेका छन्। यस क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि संग्रहालय बनाउने तयारी भइरहेको छ।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार

