काठमाडौं । कैलालीका प्रदेशु चौधरीले तरकारी खेतीबाट आफ्ना तीन छोरीलाई स्नातकोत्तरसम्मको पढाइ पूरा गराएका छन्।
चौधरीले २०५७ सालदेखि लिजमा जग्गा लिएर तरकारी खेती शुरु गरेका थिए र अहिले ३५ कट्ठा खेतमा खेती गरी महिनामा एक लाख रुपैयाँभन्दा बढी कमाइरहेका छन्। उनका छोरीहरू अहिले अध्ययन पूरा गरी कृषि क्षेत्रमा र सरकारी सेवामा काम गर्ने तयारीमा छन्।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार

