२६ चैत्र , काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आमसभा तथा प्रदर्शनलाई मध्यनजर गर्दै राजधानीको बल्खु क्षेत्र वरपर सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ ।
प्रदर्शन सुरु हुनुअघि नै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू बल्खु र आसपासका क्षेत्रमा खटाइएको छ । सुरक्षा सतर्कता यति बढाइएको छ कि प्रमुख नाकाहरूमा समेत चेकजाँच कडा बनाइएको छ । राप्रपाको विरोध कार्यक्रमका लागि मञ्च निर्माणको काम तीव्र गतिमा भइरहेको छ। पार्टीका कार्यकर्ताहरू व्यवस्थापनमा व्यस्त देखिए पनि शीर्ष नेताहरूको उपस्थिति भने देखिएको छैन । आन्दोलनको तयारीक्रममा केही विदेशी सञ्चारमाध्यमहरू, विशेषगरी भारतीय मिडियाका प्रतिनिधिहरू रिपोर्टिङका लागि बल्खु पुगेका छन् ।
प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार

