२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु, ग्रे लिष्ट भनेको के हो ?

 २६ चैत्र, काठमाडौँ । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।

जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गरिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिष्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे । महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए । मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए । उनले प्रविधिलाई जोड दिएर कार्य योजना अनुसार काम गर्दा नेपाल ग्रे लिष्टबाट बाहिर आउन सक्ने बताए ।

नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा काम गर्ने भन्दा कार्य योजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताइन् । बैठकमा सहभागीहरुले जोखिम मूल्यांकन, अन्तर निकाय समन्वय, नियमन तथा सुरपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसूरजन्य सम्पत्ति लगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको बताउँदै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए । नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स ९एफएटिएफ० को ग्रे लिष्टमा परेको थियो ।

Gray list मा पर्नु भनेको के हो ?

Gray list (ग्रे सूची) मा पर्नु भनेको कुनै देश वा संस्थाले वित्तीय पारदर्शिता (financial transparency) र आतंकवाद वित्त पोषण (terrorism financing) तथा अवैध धन शुद्धीकरण (money laundering) रोकथाम सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगर्दा एउटा विशेष निगरानीमा राखिनु हो।
✓ FATF (Financial Action Task Force) ले यो सूची तयार गर्छ।
यदि कुनै देशले अवैध वित्तीय क्रियाकलाप रोक्ने प्रयत्नमा पर्याप्त सुधार नगरेको भएमा उसलाई Gray list मा राखिन्छ।
✓ Gray list मा परेपछि के हुन्छ?
अन्तर्राष्ट्रिय कारोबारमा असर: विदेशी लगानीमा कमी आउँछ र अन्तर्राष्ट्रिय कारोबार गर्न गाह्रो हुन्छ।
प्रत्यक्ष वैदेशिक लगानी (FDI) मा गिरावट: विदेशी लगानीकर्ताले यस्तो देशमा लगानी गर्न डराउँछन्।
वित्तीय सहायता रोकावट: विश्व बैंक, IMF जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट सहायता पाउन कठिन हुन्छ।
छवि खराबी: देशको वित्तीय प्रणालीप्रति अन्तर्राष्ट्रिय विश्वसनीयता कम हुन्छ।
Gray list मा परेपछि FATF ले सुझाएका सुधारका कदमहरू पूरा गरेमा सूचीबाट हट्न सकिन्छ। यदि सुधार नगरेमा थप कठोर सूची Black list मा पनि पर्न सक्छ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस