२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

बल्खुबाट गर्जिए लिङ्देन: आईजीपीमाथि गम्भीर आरोप, बालुवाटार घेर्ने चेतावनी

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्री निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन्।

मंगलबार बल्खुमा आयोजित खबरदारी सभामा उनले गोली नचलाउने तर बालुवाटार घेर्न सक्ने चेतावनी दिँदै भने, “नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिन्छौं, यो कुरा याद राख।”

उनले प्रहरी प्रमुख दीपक थापामाथि एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्षजस्तो व्यवहार गरेको आरोपसमेत लगाए।

“प्रहरी प्रमुख एमालेको प्रतिनिधि बनेर अश्रुग्यासको म्याद सकिएको ग्यास हामीमाथि हाने,” उनले भने।

सूचनाको युगमा जनता मुर्ख भएर नबस्ने भन्दै लिङ्देनले विद्रोहमा जानुपर्ने अवस्था आए सल्लाह गरेर जाने चेतावनीसमेत दिए।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस