२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

बिना अनुमति नेपाल प्रवेश गरेका भारतीय प्रहरी टोली पक्राउ, लज्जाको विषय भन्दै भारतभर चर्चा

काठमाडौँ । नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ। आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो।

केही साता अघि पञ्जाब राज्यको प्रहरी सम्मिलित टोली कथित अपराधीलाई पक्राउ गर्न काठमाडौँ आएको थियो। उक्त टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो। भारतको केन्द्र सरकारले गरेको आग्रह अनुसार उक्त टोलीलाई नेपाल सरकारले रिहा गरेको पृष्ठभूमिमा भारतको केन्द्रीय गृह मन्त्रालयले आफ्ना राज्यहरूलाई सर्कुलर जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतका केन्द्रीय गृह मन्त्रालयले आफ्नो सर्कुलरमा कुनै पनि अनुसन्धानका लागि विदेशी भूमिमा जानु परेमा अनिवार्य रूपमा अनुमति लिनुपर्ने उल्लेख गरेको छ। त्यस्तै, विदेशी भूमिमा कुनै ‘मिसन’का लागि जानु अघि आवश्यक अनुमति लिन पनि आग्रह गरिएको छ।

नेपालले यस घटनामा पञ्जाब प्रहरी टोलीलाई रिहा गरेपछि भारतमा यस विषयमा लज्जा र आलोचना सुरु भएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस