२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रहरीलाई ठूलो सफलता : १७ वर्षपछि हत्या आरोपी पक्राउ, कसरी समातिए ?

काठमाडौं । प्रहरीले कर्तव्य ज्यान सम्बन्धी कसुरमा ६२ वर्षीय लोकनाथ साह तेलीलाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक सुधिर राज शाहीका अनुसार, मिति २०६४ वैशाख २५ गते तेलीले जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्न बोलाएर पर्साको साविक बहुअर्वाभाठा गाविस वडा नं. ५ बस्ने ढोडा मुखिया विनलाई गोली प्रहार गरी हत्या गरेका थिए र फरार भएका थिए।

त्यसपछि, अनुसन्धानमा खुलासा भएको तथ्यअनुसार, तेली भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा विगत दश वर्षदेखि साधुको भेषमा लुकिछिपी बसेका थिए।

May be an image of ticket stub and text

सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसालाले तेलीलाई जन्मकैदको सजाय दिएको थियो। मङ्गलबार, पक्राउपछि उनले अदालतमा पेश भएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस