२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कैलालीमा माइक्रोबसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

"One killed and 12 injured in a bus accident in Sindhuli."

२७ चैत्र , काठमाण्डौँ । कैलालीको जानकी गाउँपालिका ५ अमौरामा बुधबार बिहान माइक्रोबसको ठक्करबाट साइकलमा यात्रा गरिरहेकी ४४ वर्षीया किहरु बडुवालको मृत्यु भएको छ ।

उनका श्रीमान् ५५ वर्षीय मानबहादुर बडुवाल घाइते रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायक उपरीक्षक नविन राजा बुढाथोकीले बताए । घाइते बडुवालको नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार टीकापुरबाट लम्कीतर्फ गइरहेको सुपप्र ०१–००१ ज १५९८ नम्बरको माइक्रोले साइकलमा यात्रा गरिरहेका बडुवाल दम्पतीलाई ठक्कर दिएको थियो । प्रहरीले गाडीसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस