२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

देशका बिभिन्न स्थानमा बर्षा : झापा र मोरङमा चट्याङ लागेर २ जनाको मृत्यु

Heavy-rain-in-Chitwan-1778x1000

२७ चैत्र , काठमाण्डौँ । झापा र मोरङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । बुधबार दिउँसो पूर्वका विभिन्न स्थानमा वर्षासँगै चट्याङ परेको थियो ।
मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा परेको चट्याङले १२ वर्षीय आविष्कार बरालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मामा शंकर दाहालको घरमा पाहुना आएका सुनसरीको इटहरीका विश्वराज बरालका छोरा आविष्कारलाई साइकल कुदाइरहेको अवस्थामा चट्याङले लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर ल्याइएको थियो। चिकित्सकले जाँच गरी उनको मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, झापाको गौरादह नगरपालिका–५ मा चट्याङले ५४ वर्षीय दुधकुमार लावतीको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे घर भइ स्थानीय गोमनाथ चेम्जोङको खेतीमा काम गर्ने लावतीको खाजा खाइरहेका बेला परेको चट्याङले मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस