२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

अछाम जयगढका आगलागी पीडितलाई प्रदेश सरकारले ५० लाख राहत बाँड्ने

२७ चैत्र , काठमाण्डौँ । अछामको जयगढ बजारमा मंगलबार बेलुकी भएको आगलागी पीडित परिवार र व्यवसायीलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालका लागि ५० लाख रुपैयाँ राहत बाँड्ने निर्णय गरेको छ ।

बुधबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले आगलागी पीडितलाई वितरण गर्न तत्कालका लागि बान्नीगढी जयगढ गाउँपालिकालाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालले जानकारी दिए ।

बान्नीगढी गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा आगो फैलिएको थियो । आगलागीबाट २८ घर टहरा जलेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस