२८ चैत्र , काठमाडौँ । बिहानदेखिको वर्षाका कारण राजधानीको प्रदूषण घटेको देखिएको छ । विश्वभरको वायुको गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’को बिहीबार बिहानको तथ्यांक अनुसार नेपाल आज १२ औँ स्थानमा पुगेको छ ।
बुधबारसम्म पहिलो स्थानमा रहेको नेपाल आज भने सुधार गर्दै १२ औँ स्थानमा पुगेको छ । आज प्रदूषणको पहिलो स्थानमा पाकिस्थानको लाहोर र दोस्रोमा चीनको सांघाई छ । वायु गुणस्तर सूचकांक एक्यूआई बुधबार १८४ रहेकोमा आज ११९ मा झरेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार

