२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रविको फैसलामा न्यायाधीशको मतभेद भएपछि मगाइयो पेन ड्राइभ, फिल्मी शैलीमा रविको बेडरुमभित्र प्रहरी

काठमाडौं । रवि लामिछानेको जेल चलानपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसेको छ । बैठकपछि रविको जेल पठाइनुअघिका घटनाक्रमलाई रहस्यमय ठहर गर्दै पार्टी र उनका वकिलहरूले सर्वोच्च अदालत जाने निर्णय गरेका छन्।

उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेको सहकारी मुद्दाको सुनुवाइ शुक्रवार भएको थियो । अदालतको इजलासमा रविका वकिल र न्यायाधीश रमेश ढकाल बीच चर्को बहस भयो। यस दौरान, इजलासमा पेन ड्राइभ मागिएको थियो । पछि उक्त पेन ड्राइभमा आदेशसँग सम्बन्धित सामग्री सर्न थालियो । आदेशकै क्रममा न्यायाधीशहरुबीच मदभेदपनि थियो ।

आदेश आएपछि रविलाई पक्राउ गर्न प्रहरी बेडरुम मै घुस्यो । स्पष्ट आदेश के भन्ने कागजात नभएको अवस्थामा पक्राउ गरियो । पछि अदालतका आदेशका बारेमा विवाद उठेको थियो। रवि लामिछानेको परिवारले अदालतको कागजात माग्ने अडान राखेको थिए । यी घटनाक्रमकाबीच अन्ततः रवि लामिछानेलाई हिरासतमा राखेर कारागार पठाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस