२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रधानमन्त्री भन्छन् : अब सटर काम छैन, डिपार्टमेन्टल स्टोरको भविष्य राम्रो छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धिसम्मको चर्चा गरेका छन्। बिहीवार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा उनले मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पुर्याउन जरुरी रहेको बताए। प्रधानमन्त्री ओलीले निजी क्षेत्रको लगानीलाई सरकारले सुरक्षण गर्ने बताए। उद्योग, व्यवसायमा निजी क्षेत्रले गरेको लगानी राष्ट्रको सम्पत्ति भएको भन्दै सरकारले त्यसलाई सुरक्षा दिने बताए।

उनले भने, ‘अब डिपार्टमेन्ट बढी चल्छ, सटरहरु चल्दैनन् । मान्छेहरु सटरमा गयो भने कति ओटा सटरहरु घुम्ने एउटा चिज लिनका लागि । फेरि भनेजस्तो छानीछानी लिन पनि नपाइने । त्यहाँ जस्तो छ, त्यस्तै मात्र लिनुपर्ने । डिपार्टमेण्ट स्टोरहरुमा गयो भने त्यहाँ छानीछानी भनेजस्तो अनेक प्रकारका चिजहरु लिन पाइने । एक ठाउँमा गएपछि सबै कुरा पाइने । सबैकुरा सिस्टमेटिक हुने भएकाले मान्छे त्यता लाग्छन् ।’

प्रधानमन्त्री ओलीका अनुसार, अब ठूलो प्रयास र समूहको साथमा कृषि क्षेत्रमा प्रगति हासिल गर्न सकिन्छ। यसका लागि सहकारी र ठूला उत्पादनका प्रयासमा जोड दिनुपर्ने बताए। प्रधानमन्त्री ओलीले प्रविधिको विकासमा विशेष ध्यान दिनुपर्ने कुरा पनि उल्लेख गरे। कृषिमा आत्मनिर्भरता हासिल गर्नुपर्ने महत्त्व पनि उनले जोड दिए।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस